Sita Ramesh Multiple Campus

क्याम्पसको शैक्षिक /शैक्षणिक गतिविधि विषयमा अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

2 month(s) ago

सीतारमेश बहुमुखी क्याम्पस , बुद्धशान्ति- १ , झापाको Public Information Cell (PIC) को आयोजनामा मिति २०८१ साउन १८ गते , शुक्रबारका दिन क्याम्पसको सभाहलमा क्याम्पसको शैक्षिक /शैक्षणिक गतिविधि विषयमा अभिभावकसँगको अन्तरक्रिया सम्पन्न भएको छ । स्नातक तह (BBS/B.Ed) प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूसँगको अन्तरक्रिया कार्यकममा क्याम्पस प्रमुख पुष्प रिजालले कार्यक्रम आयोजनाको उपादेयता प्रष्ट पार्दै अभिभावकहरूका विविध जिज्ञासा माथि प्रष्ट पार्नुभयो । विभागीय प्रमुखहरु नवराज कोइराला र राधाकृष्ण भट्टराईले स्लाइडमार्फत क्याम्पसका शैक्षणिक / अतिरिक्त क्रियाकलापहरू प्रष्ट पार्नुभएको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष श्री जयप्रसाद भण्डारीले क्याम्पसको शैक्षणिक उपलब्धि वृद्धि गर्न भविष्यमा गरिने कार्यक्रमहरु , व्यवस्थापन गरिने कुराहरु प्रष्ट पार्नुभयो । अभिभावकहरूले रुचिपूर्वक विविध जिज्ञासाहरु राख्दै क्याम्पसका गतिविधिप्रति सन्तुष्टि व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालन PIC संयोजक केशव ढुङ्गेलले गर्नुभएको थियो ।