Sita Ramesh Multiple Campus

All Events

Here you can find all the events.

19th
05
नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम

सीतारमेश बहुमुखी क्याम्पस , अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा क्याम्पसमा आज मिति २०८१ भाद्र १९ गते , बुधबार नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सभाका महिला सदस्यहरू , विद्यार्थीहरू , क्याम्पस सञ्चालक समितिका सदस्यहरू , प्राध्यापक , कर्मचारी गरी करिब २३० जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारीले गर्नुभएको थियो । विद्यार्थीहरुद्वारा गीत, नृत्य , गजल प्रस्तुत गरिएको कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । पूर्व क्याम्पस प्रमुख गणेश निरौला र सहायक प्राध्यापकहरू हेमन्ता भण्डारी तथा खगेन्द्र नेपालले कविता / गजल प्रस्तुत गर्नुभयो । विभागीय प्रमुख राधाकृष्ण भट्टराईले शब्दगुच्छाद्वारा स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन ECAC संयोजक केशव ढुङ्गेलले गर्नुभएको थियो ।

18th
04
क्याम्पसको शैक्षिक /शैक्षणिक गतिविधि विषयमा अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

सीतारमेश बहुमुखी क्याम्पस , बुद्धशान्ति- १ , झापाको Public Information Cell (PIC) को आयोजनामा मिति २०८१ साउन १८ गते , शुक्रबारका दिन क्याम्पसको सभाहलमा क्याम्पसको शैक्षिक /शैक्षणिक गतिविधि विषयमा अभिभावकसँगको अन्तरक्रिया सम्पन्न भएको छ । स्नातक तह (BBS/B.Ed) प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूसँगको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजालले कार्यक्रम आयोजनाको उपादेयता प्रष्ट पार्दै अभिभावकहरूका विविध जिज्ञासा माथि प्रष्ट पार्नुभयो । विभागीय प्रमुखहरु नवराज कोइराला र राधाकृष्ण भट्टराईले स्लाइडमार्फत क्याम्पसका शैक्षणिक / अतिरिक्त क्रियाकलापहरू प्रष्ट पार्नुभएको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष श्री जयप्रसाद भण्डारीले क्याम्पसको शैक्षणिक उपलब्धि वृद्धि गर्न भविष्यमा गरिने कार्यक्रमहरु , व्यवस्थापन गरिने कुराहरु प्रष्ट पार्नुभयो । अभिभावकहरूले रुचिपूर्वक विविध जिज्ञासाहरु राख्दै क्याम्पसका गतिविधिप्रति सन्तुष्टि व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालन PIC संयोजक केशव ढुङ्गेलले गर्नुभएको थियो ।