Sita Ramesh Multiple Campus

आदिकवि भानुभक्त आचार्यको २११ औं जयन्तीको अवसरमा कवि गोष्ठी कार्यक्रमको आयोजना

2 month(s) ago

आज मिति २०८१ असार २८ गते , शुक्रबारका दिन सीतारमेश बहुमुखी क्याम्पस , अतिरिक्त क्रियाकलाप समिति (ECAC) को आयोजनामा आदिकवि भानुभक्त आचार्यको २११ औं जयन्तीको अवसरमा कवि गोष्ठीको आयोजना सम्पन्न भयो । कार्यक्रममा सहायक प्राध्यापक खगेन्द्र नेपालले कवि आचार्यको जीवनी , व्यक्तित्वबारे प्रकाश पार्नुभयो । क्याम्पस सन्चालक समितिका अध्यक्ष जय प्रसाद भण्डारीसहित आठ जना विद्यार्थीहरु तथा प्राध्यापकहरुले कविप्रति सम्मान व्यक्त गर्दै कविता वाचन गर्नु भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख पुष्प रिजालले गर्नुभएको थियो । ECAC संयोजक केशव ढुङ्गेलले सञ्चालन गर्नु भएको कार्यक्रममा निरू थापा मगरले गायन प्रस्तुति गर्नुभएको थियो ।