Sita Ramesh Multiple Campus

फूलबारी निर्माण र सरसफाइ कार्यक्रम

1 month(s) ago

सीतारमेश बहुमुखी क्याम्पस , अतिरिक्त क्रियाकलाप समिति (ECAC) को आयोजनामा आज २०८१ जेठ ४ गतेका दिन क्याम्पसमा फूलबारी निर्माण र सरसफाइ कार्यक्रम गरिएको छ । क्याम्पसको मूल भवनको अग्रभागमा माटो भरेर चाइनिज टावर जातका ६० वटा विरुवा रोपिएको छ । बिहान ८ः४० बाट सुरु गरिएको कार्यक्रममा करिब १५० विद्यार्थी र प्राध्यापकहरूको सहभागिता थियो I हाम्रो क्याम्पस राम्रो क्याम्पस भनाइलाई सार्थकता दिन विद्यार्थीहरू सरसफाइ र फूलबारी निर्माणमा उत्साहपूर्वक सहभागी भएका थिए ।