Sita Ramesh Multiple Campus

शैक्षिक अवलोकन भ्रमण 2080 सम्पन्न.

10 month(s) ago

सीतारमेश बहुमुखी क्याम्पस , बुद्वशान्ति -१ , झापाको शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । स्नातक तह (BBS/B.Ed)चौथो वर्षका २६ जना विद्यार्थी सामेल रहेको भ्रमणमा सहजकर्ताको भूमिका सहायक क्याम्पस प्रमुख नरेन्द्र बराल र व्यवस्थापन विभाग प्रमुख नवीन कोइरालाले गर्नुभएको थियो । मिति २०८० /०८/०३ गतेबाट २०८०/०८/०९ गते सम्मको सात दिनको शैक्षिक अवलोकन भ्रमणमा विद्यार्थीहरुलाई पर्यटकीय , धार्मिक स्थलहरु मनकामना , पोखरा , मुक्तिनाथ साथै तिब्बत सिमाना लोमाङथान मुस्ताङको भ्रमण गराइयो । नौलो भौगोलिक , पर्यटकीय , धार्मिक स्थलको भ्रमण गर्न पाउँदा विद्यार्थीहरु अत्यन्त उत्साहित भएका छन् I