Sita Ramesh Multiple Campus

तीन दिवसीय अनुसन्धान विधि कार्यशाला / तालिम

1 year(s) ago

सीतारमेश बहुमुखी क्याम्पस , अनुसन्धान व्यवस्थापन समिति (RMC) को आयोजना र विश्वविद्यालय अनुदान आयोग (UGC) को सहकार्यमा तीन दिवसीय अनुसन्धान विधि कार्यशाला / तालिम (Research Methodology Workshop/Training ) सम्पन्न भएको छ | २०८० जेठ १३ , १४ र १५ गते (27 May to 29 May 2023 ) सम्म सञ्चालित कार्यक्रममा झापा र इलामका गरी तेह्रवटा क्याम्पस र नौ वटा विद्यालयका साठी जना प्राध्यापक / शिक्षकहरुको सहभागिता रहेको थियो । सहजकर्ता द्वय डा. सह-प्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय र एमफिल. उपप्राध्यापक गुणराज नेपालले सहजीकरण गर्नु भएको कार्यक्रम उत्साहप्रद रुपमा सम्पन्न भएको छ । कार्यक्रम अत्यन्तै फलदायी भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ |